काठमाडौँ, भदौ ४ । भक्तपुरको लोकन्थलीको भित्रि सडक भासिएपछि पाँच घर उच्च जोखिममा परेका छन् । सोमबार रातिको अविरल बर्षाका कारण सडक भासिएपछि पाँच घरमा बस्दै आएका परिवारहरु विस्थापित भएका छन् । उनिहरुलाई रातारात अन्यत्र सारिएको छ ।
करिव ५० मिटर सडक सडक भासिएर १० मिटर तल पुगेको स्थानियले बताएका छन् । सडक पहिल्यै खतराको अवस्थामा रहेको समेत उनिहरुको भनाई छ । सतही जमिनबाट वाल उठाएर सडक बनाइएको कारण भासिएको हो ।
सडक भासिएपछि भाडामा बस्दै आएका परिवार विस्थापित भएका छन् । भन्ने बित्तिकै अन्यत्र कोठा नपाएकै कारण नजिकैको छिमेकीसंग बसिरहेको सरोज परियारले दियोपोस्टसंग बताएका छन् ।
डोजर लगाएर पहिरो पन्छाइएपनि सडक मर्मतको काम भने अघि बढेको छैन ।