किशोर श्रेष्ठसहित तीन जनाविरुद्ध जाहेरी दिन निकिता पौडेल काठमाडौँ प्रहरी परिसरमा

दियो पोस्ट  

काठमाडौँ, भदौ ४ । टेलिभिजन पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणको भिडियो कीर्ते गरि सार्वजनिक गरेको भन्दै कार्यक्रम प्रस्तोता रवि लामिछानेकी पत्नी निकिता पौडेल प्रहरी कार्यलय पुगेकी छिन् ।

बुधबार जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ, चितवन प्रहरी प्रमुख दानबहादुर मल्ल र नेपाल आजका सम्पादक संकेत कोइरालाविरुद्ध जाहेरी दिन पौडेल महानगरिय प्रहरी परिसर काठमाडौँ पुगेकी हुन् ।

उनले पुडासैनीको भिडियोलाई कीर्ते गरेर विवादास्पद रुपमा सार्वजनिक गरेको भन्दै प्रशासनसमक्ष न्यायको माग गरेकी छिन् । मुलुकी अपराध संहिता २०७४ को दफा २७६ र ७७ अनुसार जाहेरी दर्ता गर्न लागेको निकिता पौडेलको अधिवक्ता राजेन्द्र सेढाईले जानकारी दिए ।

गत विहीबार पक्राउ परेका लामिछानेलाई अनुसन्धानका लागि भन्दै थप ५ दिन म्याद थप गरि हिरासतमा राखिएको छ ।