काठमाडौँ, साउन ४ । रविलाई फसाउन खोजिएको भन्दै प्रहरीमा पुगेकी निकिता पौडेलको जाहेरी लिन प्रहरीले अस्वीकार गरेको छ । बुधबार काठमाडौँ प्रहरी परिसरले आफ्नो क्षेत्राधिकार भित्र नपर्ने भन्दै निकिता पौडेलले दिएको जाहेरी नलिएको हो ।
भिडियो कीर्ते गरेर सार्वजनिक गरेको भन्दै रवि लामिछाने पत्नी पौडेल बुधबार दिउँसो महानगरिय प्रहरी परिसर काठमाडौँ पुगेकी थिईन् । उनले जनआस्था साप्ताहीकका किशोर श्रेष्ठ, चितवन प्रहरी प्रमुख एसपी दानबहादुर मल्ल र नेपाल आज अनलाईनका सम्पादक संकेत कोइराला विरुद्ध जाहेरी दिन लागेकी थिईन् ।
प्रहरीकै विरुद्धको उजुरी प्रहरीले नै हेर्ने अधिकार नभएको र यस्तो केशहरु अदालतले हेर्ने भन्दै वकिलसहित पुगेकी पौडेललाई फकाईएको हो । परिसरले जाहेरी लिन नमानेपछि निकिता सरकारी वकिलको कार्यलय पुगेकी छिन् ।