काठमाडौँ, भदौ ४ । देवः विकास बैँकका ब्राञ्च मेनेजर समिर बुढाथोकी पक्राउ परेका छन् । दाङ स्थित घोराही उपमहानगरपालिका १० नारायणपुर शाखाका मेनेजर गुरुङले १७ करोड ९९ लाख हिनामिना गरेको भन्दै प्रहरीले पक्राउ गरेको हो ।
दाङ स् दाङमा एक बैंक म्यानेजर १८ करोड रुपैयाँ हिनामिना गरेको आरोपमा पक्राउ गरेका छन्। बैंकका म्यानेजर घोराही १५ भरतपुर निवासी समिर बुढाथोकीलाई प्रहरीले बुधबार पक्राउ गरेको हो।उनी घोराही उपमहानगरपालिका(१० नारायणपुरमा रहेको देवः विकास बैंक लिमिटेडका नारायणपुर शाखाका म्यानेजर हुन्।
दाङमै केन्द्रीय कार्यालय रहेको बेष्टर्न डेभलपमेन्ट बैंक केहि महिना अघि एक भएर देवः विकास बैंक बनेको थियो । उनी वेस्टर्न विकास बैंक मर्ज भएसँगै देवः विकास बैंकमा समाहित भएका थिए। वेष्टर्न विकास बैंकमै कार्यरत भएका बेला बुढाथोकीले नक्कली ऋणी बनाएर रकम निकासा गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
प्रहरीले उनि एक्लैले मात्र यति ठुलो रकम हिनामिन गर्न नसक्ने बताउँदै यसमा थप अन्य कर्मचारी समेत संलग्न रहेको आशंका गर्दै बैँकमा काम गर्ने अन्य कर्मचारीहरुको निगरानी बढाइएको छ ।