काठमाडौँ, भदौ ४ । भुकम्प पछिको पुननिर्माणका लागि भारतले प्रतिवद्धता गरेको सहयोग रकम उपलब्ध गराएको छ । वुधबार नेपाल–भारत संयुक्त आयोगको वैठकमा नेपालका लागि भारतीय राजदुत मंजिवसिंह पुरीले पुननिर्माण प्राधिकरणका प्रमुख सुशिल ज्ञवालीलाई २ अर्ब ४५ करोडको चेक हस्तान्तरण गरेका हुन् ।
भुकम्प पछिको पुननिर्माणका लागि भारतले नेपाललाई १ खर्ब रकम उपलब्ध गराउने प्रतिवद्दता गरेको थियो । त्यसमध्य २५ अर्ब अनुदान स्वरुप र ७५ अर्ब ऋण स्वरुप उपलब्ध गराउने घोषणा गरेको थियो ।
भारतीय विदेशमन्त्री यस जयशंकर, नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली सहित उच्च अधिकारीहरुको उपस्थितिमा राजधानीको होटल याक एण्ड यतिमा भएको वैठकमा हुलाकी सडक निर्माणको लागि समेत भारतले १ अर्ब ३० करोड रकम उपलब्ध गराएको छ ।
नेपाल–भारत संयुक्त वैठकका लागि भारतीय विदेशमन्त्री जयशंकर वुधबार दिउँसो नै नेपाल आइपुगेका थिए । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गरेपछि विदेशमन्त्री जयशंकर प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका थिए ।