प्रचण्ड भन्छन्, ‘राजा विरुद्ध लडेको कम्युनिस्ट नेताहरु नै महाराजा जस्तो हुन थाले’

दियो पोस्ट  

काठमाडौँ, भदौ ६ । पुर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट नेताहरुमा अनुशासनको कमी हुँदै गएको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले राजा विरुद्ध संघर्ष गरेर आएको कम्युनिस्ट नेताहरु आफै महाराजा जस्ता हुन थालेको भन्ने आरोप जनताहरुले सुनाउन थालेको बताएका छन् । जनताहरुबाट यस्तो आरोप आउनु र पार्टीप्रति थप विश्वास मर्नुले आगामी दिनमा पार्टीको भविष्य अनिश्चित रहने बताएका छन् ।

उनले कम्युनिस्ट सरकारको कार्यशैली वास्तविक कम्युनिस्टको चिन्तन बुर्जुवाकरण हुँदै गएको समेत बताएका छन् । सरकारले जनहितलाई केन्द्रमा राखेर काम नगरे निकै छोटो समयमै सत्ता परिवर्तन हुनसक्ने बताएका छन् ।

“कम्युनिष्ट नेता नै राजा महाराजा जस्तो हुदै गएपछि राजा महाराजका विरुद्ध लडेका जनताहरु कम्युनिष्ट पनि राजा महाराजा जस्ता भए, यिनलाई पनि लखेट्न पर्छ भन्ने यो बिडम्बना हामीले देख्यौं इतिहासमा, अध्यक्ष दाहालले भने, ‘हामी कहाँ छौँ र सिस्टम कता चलिरहेको छ भन्ने कुरामा गम्भिर ध्यान दिनुपर्ने बेला आएको छ ।’

अध्यक्ष दाहालले सत्तामा पुगेपछि जनतासंग गरेका प्रतिद्धताहरु बिर्सदै जाने प्रवृति विश्वभरीका कम्युनिष्टहरुको विशेषता नै भएको भन्दै अन्य मुलकमा देखिएको प्रवृति नेपालमा पुनरावृत हुन नदिनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए। उनले वर्तमान राज्यसत्ता प्राप्तीका लागि विगतमा आफैले आफ्नै योगदानको अवमुल्यन गर्ने काम नेतृत्वबाट हुन नहुनेतर्फ सधै सचेत र सजग हुनुपर्ने आवश्यकता औल्याए।