काठमाडौं । पछिल्लो समय पार्टीको निर्णय र अध्यक्ष एवंम प्रधानमन्त्री केपी ओलीप्रति असन्तुष्ट भएका नेता माधव कुमार नेपाल भीम रावलका साथमा प्रचण्डबीच खुमलटार पुगेका छन् । उपचारका लागि प्रधानमन्त्री केपी शर्मा ओली सिंगापुर गएलगत्तै उनीहरु प्रचण्डसंग गोप्य भेटघाटका लागि खुमलटार पुगेका हुन् ।
पछिल्लो समय सचिवालय बैठकमा प्रधानमन्त्री ओली र नेपालबीच भएको झगडालाइ दुर गर्ने प्रयासस्वरुप छलफल भएको प्रचण्ड सचिवालय स्रोतको भनाई छ । छलफलको बीचमा केहीबेर नेता जनार्दन शर्मा पनि सहभागी भएका थिए । ओली र नेपालबीचको तिक्ततालाई कम गर्न उक्त बैठक महत्वपूर्ण भएको खुमलटार स्रोतको भनाई छ ।
ओली सिंगापुर गएको भोलिपल्टै भएको उनीहरुको यो भेटघाटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । स्रोतका अनुसार माधव नेपालले आफ्ना असन्तुष्टिहरु अध्यक्ष प्रचण्डसंग खुलेर राखेका थिए । दुई सचिवालय सदस्यहरुबीच भएको टकरावले नेकपा तरंगित बनेको छ । सचिवालय बैठकमा आफूले केही गल्ति गरेको महसुुस अध्यक्ष प्रचण्डसंग नेता नेपालले गरेका थिए । साथै, पार्टी अध्यक्षलाई नेपालले दिएको शुभकामना ‘चाहिँदैन’ भनेर सचिवालय बैठकमा नै भनेपछि परिस्थिति असहज हुँदै गएको र त्यसक्रममा कतिपय शब्दहरु प्रयोग भएको आफूले महसुस गरिसकेको बताएका थिए ।
पार्टीको सम्पूर्ण जिम्मेवारी अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’लाई जिम्मा लगाएर सिंगापुर गएका ओली केहीदिन उपचारका लागि उतै बस्ने भएका छन् ।