संविधान दिवसमा मोदीलाई प्रमुख अतिथि बनाइने, प्रधानमन्त्री ओलीले निम्तो पठाएको खुलासा

दियो पोस्ट  

काठमाडौँ, साउन ६ । असोज ३ गतेको संविधान दिवसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई प्रमुख अतिथि बनाइने. तयारी गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी मोदीलाई निम्तो समते पठाइसकेको खुलासा भएको छ ।

प्रधानमन्त्री ओली सिंगापुर जानुपुर्व भारतीय विदेशमन्त्री एस जयशंकरसंगको भेटवार्तामा समकक्षी मोदीलाई संविधान दिवसमा हुने कार्यक्रमको प्रमुख अतिथि बन्नका लागि निम्तो पत्र दिएका हुन् । नेपाल भारत संयुक्त वैठकमा भाग लिन आइपुगेका जयशंकर प्रधानमन्त्रीको निम्तो लिएर विहीबार नै दिल्ली फर्किसकेका छन् ।

भारतको तर्फबाट भने निम्तोबारे केही जवाफ आएको छैन ।

संविधान जारि गर्ने समयमा भारत सरकारले निकै हस्तक्षेप गरेको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कडा शब्दमा निन्दा समेत गरेका थिए । तात्कालिन समयमा मोदीको सन्देश बोकेर काठमाडौँ आएका जयशंकरलाई प्रधानमन्त्री ओलीले कडा जवाफ दिएर फर्काएका थिए ।

TATA ADD