एजेन्सी, भदौ ७ । इंग्लिस प्रिमियर लिग फुटबलमा एभर्टन घरेलु टोली एस्टन भिल्लासँग २–० ले स्तब्ध बनेको छ।
ब्राजिली खेलाडी वेस्लेले गोल गर्दै घरेलु टोलीलाई २१ औ मिनेटमा अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा अनवर एल घाजीले गोल गर्दै भिल्लाले २ ० को जित सुनिश्चित गरे ।
खेलभर नै एभर्टनलाई दवावमा राखेपनि गोल गर्न असफल रह्यो । खेलको छैटौं मिनेटमा नै एभर्टनले पेनाल्टीको अपिल गरेको थियो । रिचार्लीसनलाई बक्सभित्र लडेपनि रेफ्रीले त्यसलाई कुनै प्रतिक्रिया दिएन ।
८२औं मिनेटमा एलेक्स इओवीको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्कदा एभर्टन बराबरीबाट चुकेको थियो । ९०औैं मिनेटमा थियो वल्कटले गोल गर्न सकेन ।
जितसँगै भिल्लाले तीन खेलबाट ३ अंक जोडेको छ । भिल्ला ११औँ स्थानमा छ । प्रिमियर लिगमा पहिलो हार बेहोरेको एभर्टन ४ अंक जोडेर नवौं स्थानमा छ