काठमाडौँ, भदौ ७ । पुर्व प्रधानमन्त्री तथा समाजवादी पार्टी नेपालका सहसंयोजक डा. बाबुराम भट्टराईले कम्युनिजम् एक परिकल्पना मात्र भएको बताएका छन् । सामाजिक संजाल ट्वीटरमा विचार उल्लेख गर्दै उनले कम्युनिजम्लाई स्वर्गसंग तुलना गरेका छन् ।
स्वर्गलाई मानिसहरुले नदेखेको र परिकल्पना मात्र गर्न सक्ने हुँदा कम्युनिजम्लाई स्वर्गसंग तुलना गरेका छन् । उनले आजसम्म कसैले पनि नदेखेको भएपनि धार्मिक पाण्डाहरुले धर्मवीर जनताहरुलाई स्वर्गका सपना बेच्न नछाडे जस्तै राजनीतिक पाण्डाहरुले पनि कम्युनिजम्को सपना बेचिरहेका उल्लेख गरेका छन् ।
कृष्ण पोखरेलको बिचारलाई उदृत गर्दै उनले लेखेका छन्, बिल्कुल सही कुरा , कृष्ण सर ! कम्युनिजम् भनेको स्वर्ग जस्तै परिकल्पना हो अर्थात् जीवनमा हैन मरेपछि प्राप्त हुने कुरा हो, जुन आजसम्म कसैले देखेका पनि छैन । तैपनी धार्मिक पाण्डाहरुले धर्मभीरु जनतालाई स्वर्गको सपना बेच्न नछाडे झैँ राजनीतिक पाण्डाहरुले पनि कम्युनिजमको सपना बेचिरहनेछन् ।’
उनको यो अभिव्यक्तिले सामाजिक संजालमा बहस हुन थालिसकेको छ । सोही पृष्ठभुमीबाट आएका व्यक्तिले कम्युनिजम्लाई नै प्रहार गरेपछि मिश्रित बिचारहरु आउन थालेका छन् । उनको बिचारको खण्डन गर्दै ट्वीटरमा विद्राही टंक भुजेल नाम गरेका एक व्यक्ति लेख्छन्, ‘यदी यो कुरो सत्य र हजुरले पहिले बुझ्नु भएको भए सपना देखाएर हजारौँ हामी जस्ता लाई कम्युनिष्ट भाषमा बुर्जुवा शिक्षा भनेर किन अहिले पछि पारियो यो विषयमा तपाईँ भागिदार हो कि हैन माननीय ज्यू ।’