शीतलनिवासमा प्रचण्ड र राष्ट्रपतिको एक घण्टा लामो वार्ता

शीतलनिवासमा प्रचण्ड र राष्ट्रपतिको एक घण्टा लामो वार्ता
फाइल फाेटाे

काठमाडौँ, भदौ ८ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवि भण्डारीसंग वार्ता गरेका छन् । आइतबार राष्ट्रपति निवास शीतलनिवासमा दाहाल र राष्ट्रपति भण्डारीबिच एक घण्टा लामो वार्ता भएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुर गएपछि कार्यवाहक अध्यक्षका रुपमा रहेका दाहालले राजनीतिक भेट तीव्र पारेका छन् । प्रधानमन्त्री ओलीसंग वादविवाद गरेका माधव कुमार नेपालसंग पनि दाहालले यसअघि नै भेटवार्ता गरिसकेका छन् ।

आइतबार कार्यवाहक प्रधानमन्त्री तथा परराष्ट्र मन्त्री इश्वर पोखरेल संग समेत भेट गरेको बताइएको छ । प्रचण्डले पार्टीभित्रको शीर्ष नेताहरुसंगको भेटमा के छलफल गरे भन्ने चाहीँ सार्वजनिक भएको छैन । उपचारको लागि सिंगापुर प्रस्थान गर्नुपुर्व प्रधामन्त्री ओलीले वैठक समेत बोलाउन सक्ने गरि कार्यवाहक अध्यक्षको जिम्मा प्रचण्डलाई दिएका थिए ।

Trending News