रवि आज पनि नछुट्ने, भोलीसमेत हिरासतमै रहने सम्भावना

रवि आज पनि नछुट्ने, भोलीसमेत हिरासतमै रहने सम्भावना

काठमाडौँ, भदौ ८ । शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका तीन जना आज पनि चितवन प्रहरीकै हिरासतमा रहने भएका छन् । अनुसन्धानको म्याद आज सकिएको भएतापनि उनिहरुविरुद्ध आत्महत्या दुरुत्साहनको अभियोग पत्र दायर भएपछि आइतबार समेत हिरासतमा बस्नुपर्ने भएको हो ।

तीन जनाविरुद्ध अभियोगपत्र दायर भएपछि अदलतले थप बयान लिनुपर्ने भएपनि रविको रिहाई रोकिएको हो । अदालतले अस्मिता कार्कीको बयान लिइसकेको छ भने रवि लामिछाने र युवराज कँडेको भने भोली विहान वयान लिइने छ ।

प्रहरीले अनुसन्धान गरेपछि उनीहरुलाई मुलुकी अपराध संहिताको दफा १८५ अर्थात् आत्महत्यालाई दुरुत्साहन गरेको आरोपमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालत चितवनमा अभियोग पत्र दर्ता गराइएको थियो ।

अनुसन्धानको लागि थपिएको म्याद आज सकिने भन्दै सामाजिक सजालमा चर्को प्रचार समेत भएको छ ।

Trending News