चितवनमा उच्च सुरक्षा व्यवस्थाः भेला र प्रदर्शन पुर्ण निषेध, समुहमा पैदल यात्रामा समेत रोक !

दियो पोस्ट  

चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका रबि लामिछानेसहित ३ जनालाई प्रहरीले पक्राउ गरे यता चितवनमा रबिका समर्थकले प्रदर्शन जारी राखेका छन् । बिगत १० दिन यता चितवन तनावग्रस्त छ । जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञा जारी गरे पछि चितवनको जनजीबन प्रभावित बनेको छ ।

मालपोतचोकबाट चौबिसकोठीतर्फ जाने बाटोतर्फ प्रहरीले पाँच जना भन्दा बढिको समुहलाई पैदल यात्रा गर्न रोक लगाएको छ ।
जिल्ला प्रशासन कार्यालय चितवनले आइतबार राति जारी गरेको एक आदेशमा सोमबार बिहान ६ बजेदेखि लागू हुने गरी भेला र प्रदर्शनमा रोक लगाएको हो । जारी आदेशमा ५ जनाभन्दा बढी भेला हुन नपाउने उल्लेख छ ।

आइतबार जारी गरेको आदेशमा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को ९३० ‘क’को प्रयोग गर्दै सोमबार बिहान ६ बजेदेखि अनिश्चित कालका लागि चार किल्ला तोकेर प्रदर्शन गर्न र पाँचजनाभन्दा बढी भेला नहुन आदेश जारी गरेको हो । उक्त दफामा परिस्थितिजन्य अवस्थामा कसैलाई कुनै काम गर्न दिनबाट निषेध गर्ने उल्लेख गरिएको छ ।

पत्रकार शालिकराम पुडासैनी प्रकरणका अभियुक्त रवि लामिछाने र युवराज कँडेलको अदालती बयान आज हुँदैछ । पुडासैनीलाई आत्महत्या गर्न दुरुत्साहन गरेको अभियोगमा पक्राउ परेका टिभी कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकहरूले दिनहुँ प्रदर्शन गर्दै आएका छन् ।

सञ्चारकर्मी रवि लामिछाने र युवराज कँडेलको निःशर्त रिहाइको माग गर्दै देशभर प्रदर्शन भइरहेको छ । सञ्चारकर्मी लामिछाने र कँडेललाई गैह्रकानूनी ढंगबाट प्रहरी हिरासतमा लिइएको विरोधमा आइतबार पनि मुलुकका विभिन्न ठाउँमा स्वस्फूर्त रुपमा स्थानीयले र्‍याली र कोणसभा भएको थियो।

TATA ADD