पर्यटनमन्त्री योगेश भट्टराईको एक बर्षे कार्ययोजनाः वृद्धलाई आन्तरिक उडानमा छुटदेखि शवगृहमा मेसिन थप्नेसम्म ( पुर्णपाठ)

दियो पोस्ट  

काठमाडौँ, भदौ ९ । नवनियुक्त पर्यटन मन्त्रि योगेश भट्टराईले आफ्नो एक वर्षे कार्य योजना सार्वजनिक गरेका छन् ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्रि भट्टराईले आफ्नो एक वर्षे कार्ययोजना सार्वजनिक गरेका छन् । मन्त्रि भट्टराईले आफ्नो कार्ययोजनालाई विभिन्न १० भागमा बर्गीकरण गरि १४१ वटा कामको फेहरिस्त प्रस्तुत गरेका हुन् ।

जारी कार्ययोजनामा न्युनतम १५ दिन भित्र गरिसक्ने ५ वटा काम देखि १ वर्ष भित्र सक्ने र केहि बहु वर्षे कार्यक्रमलाई निरन्तरता दिने सम्मको रहेको छ । मन्त्रीले १५ दिन भित्र परिवर्तित अवस्थामा पर्यटकीय सेवाको गुणस्तरीयता वृद्धि गर्नेगरी होटल मापदण्ड जारि गर्ने, नेपाल भ्रमण वर्ष मनाउन १० वटा स्रोत बजारको पर्यटक आगमन प्रक्षेपण र अन्य आवश्यक कार्यक्रमको खाका बनाई प्रबर्द्धनात्मक कार्यक्रम गर्ने रहेको छ ।

यस्तै मन्त्रि भट्टराईले नेपाली मौलिक खानाको प्रचार प्रसारको लागि हरेक तारे होटलले नेपाली खानको छुट्टै स्टल हुनुपर्ने गरि होटल मापदण्ड बनाउने र आन्तरिक उडानमा बिग सिक्स अर्थात् ६ जना सम्माननीयलाई मात्र बिमानसम्म गाडी लैजान ब्यबस्था मिलाउने पनि कार्ययोजनामा राखिएको छ । मन्त्रि भट्टराईले नेपाल वायु सेवा निगमबाट संचालित ग्राउण्ड ह्याण्डलिङ्गलाई थप ब्यबस्थित र प्रभावकारी बनाउने योजना पनि राखेका छन् ।

मन्त्रि भट्टराईले जेष्ठ नागरिकलाई पशुपतिको चार वटै ढोकासम्म सहजै जान सक्ने गरि पुर्वाधार बनाउने र पशुपतिमा नियमित प्रसाद वितरणको वातावरण बनाउने, सन्ध्या आरती यु्ट्युबबाट प्रत्यक्ष प्रशारण गर्ने उनको योजना ३ महिना भित्र सम्पन्न गर्ने योजना सार्वजनिक गरेका छन् ।

सिफारिस