रविको रिहाईमा धादिङवेशीमा अविर जात्रा र नाचगान (भिडियोसहित)

दियो पोस्ट  

काठमाडौँ, भदौ ९ । टेलिभिजन प्रस्तोता रवि लामिछानेको रिहाईको खुशियालीमा धादिङ सदरमुकाम धादिङवेशीमा सिन्दुर जात्रा सहित नाचगान गरिएको छ । जिल्ला अदालतले रवि लगायत ३ जनालाई रिहा गरेको खुशीमा एक कार्यक्रम गरि नाचगान र अविर जात्रा गरिएको हो ।

रवि लामिछानेको रिहाईमा देशका विभिन्न स्थानहरुमा अविर यात्रा गरिएको छ । राजधानीको बानेश्वरमा पनि रवि रिहा भएलगत्तै सिन्दुर जात्रा गरिएको छ । अदालतले रविलाई न्याय दिएको भन्दै उनका समर्थकहरुले खुशियाली मनाएका हुन् ।

गत साउन ३० गते पक्राउ परेका रविलाई सोमबार जिल्ला अदालत चितवनले ५ लाख धरौटीमा रिहा गरेको हो । उनिसंगै पक्राउ परेका पत्रकार युवराज कँडेललाई ३ लाख धरौटीमा रिहा गरेको छ भने शालिकराम पुडाशैनीकी प्रेमिका भनिएकी अस्मिता कार्कीलाई साधारण तारेखमा रिहा गरिएको छ ।

भिडियो हेर्नुहोस

TATA ADD