प्रदर्शनका क्रममा घाइते भएका समर्थकहरुलाई भेट्न अस्पताल पुगे रवि लामिछाने

दियो पोस्ट  

काठमाडौँ, भदौ १० । जिल्ला प्रहरी कार्यलय चितवनको हिरासतबाट रिहा भएका टेलिभिजनकर्मी रवि लामिछाने आफ्ना घाइते समर्थकहरुलाई भेट्न अस्पताल पुगेका छन् । प्रदर्शनका क्रममा घाइते भई चितवनको विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका समर्थकहरुलाई रविले भेटेका हुन् ।

लामीछानेले अस्पताललमा उपचाररत घाइतेहरुको स्वास्थ्य स्थितिको जानकारी लिएका छन् । उनले सबै घाइतेहरुलाई धन्यवाद दिँदै आगामी दिनमा न्यायको लागि लडिरहने प्रतिवद्धता समेत व्यक्त गरेका छन् ।

माउन्टेन टेलिभिजनका पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा गत साउन ३० गते पक्राउ परेका रवि सोमबार धरौटीमा रिहा भएका हुन् ।

तस्वीरः दिनेश डिजीको फेसबुकबाट