नागढुंगाबाट लागुऔषधसहित एक युवक पक्राउ

दियो पोस्ट  

काठमाडौँ, भदौ १० । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषध सहित एक जनालाई पक्राउ गरेको छ । मंगलबार बीरगंजबाट काठमाडौँ आउँदै गरेको ना ५ ख ६११८ नम्बरको गाडी चेकजाँच गर्ने क्रममा लागुऔषधसहित एक युवक पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा बारा जिल्लाको बरियापुर– २ घर भएका २४ बर्षीय दिपक शाह कलवार रहेका छन् । उनको साथबाट तीन सय ट्यावलेट नाइट्राभेट बरामद गरिएको महानगरीय पहरी बृत्त थानकोटका डिएसपी कुमार बिक्रम थापाले बताएका छन् ।

लागुऔषध सहित पक्राउ परेका कलवारलाई नियन्त्रणमा लिइ थप अनुसन्धान गरिएको थानकोट प्रहरीले जानकारी दिएको छ ।