डुङ्गा दुर्घटना, ४० जनाभन्दा धेरैको मृत्यु भएको आशंका

दियो पोस्ट  

जेनेभा, भदौ ११ । लिबियाली सामुद्रिक क्षेत्रमा भएको डुङ्गा दुर्घटनामा परी कम्तीमा ४० यात्रुको मृत्यु भएको आशङ्का गरिएको छ ।

संयुक्त राष्ट्रसंघीय शरणार्थी निकाय यूएनएचसीआरले मङ्गलबार दिएको जानकारी अनुसार कम्तीमा ६० आप्रबासी शरणार्थीलाई सकुशल उद्धार गरिएको थियो भने ४० जनाको मृत्यु भएको आशङ्का गरिएको छ ।

दुर्घटनामा बाँच्न सफल एक यात्रुलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले दिएको जानकारी अनुसार उनीहरूमध्ये अधिकांश व्यक्ति अरब क्षेत्रबाट यूरोपतर्फ जाने क्रममा लिबिया हुँदै यात्रामा रहेका थिए ।

यूएनएचसीआरका प्रवक्ता चार्ली याक्सलेले घटनाबारे ट्वीटरमार्फत जानकारी गराएका हुन् । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।
उनले भने, “ठूलो क्षति भएको हुनसक्ने सूचनाहरू आएका छन् । यसबारे थप जानकारी पछि गाराइने छ ।”