रवि लामिछानेविरुद्ध खेम भण्डारीको उजुरीः निर्मला हत्या प्रकरणलाई अतिरञ्जित गरेको आरोप (उजुरीसहित)

रवि लामिछानेविरुद्ध खेम भण्डारीको उजुरीः निर्मला हत्या प्रकरणलाई अतिरञ्जित गरेको आरोप (उजुरीसहित)

काठमाडौँ, भदौ ११ । कञ्चनपुरका पत्रकार खेम भण्डारीले टेलिभिजन कार्यक्रम प्रस्तोता रवि लामिछाने विरुद्ध मिडिया काउन्सिलमा उजुरी दिएका छन् । निर्मला पन्त बलात्कार पछि हत्या प्रकरणलाई अतिरञ्जित गरेको र पत्रकार आचारसंहिता विपरितको काम गरेको भन्दै भण्डारीले उजुरी दर्ता गराएका छन् ।

उनले सामाजिक संजाल मार्फत रवि लामिछानेविरुद्ध आफुले उजुरी गरेको समेत सार्वजनिक गरेका छन् । केही समय अगाडी न्युज–२४ टेलिभिजनबाट प्रसारण हुने कार्यक्रम ‘सिधाकुरा जनतासंग’ मार्फत रवि लामिछानेले कञ्चनपुरकी १३ बर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणबारे कार्यक्रम चलाएका थिए ।

लामिछानेले निर्मला पन्तको बलात्कारी जोगाउनका लागि कञ्चनपुरका पत्रकार खेम भण्डारीको संलग्ना रहेको रिपोर्ट कार्यक्रममा प्रस्तुत गरेका थिए । भण्डारीले पत्रकार आचारसंहिता उल्लंघन गरेको भन्दै रवि विरुद्ध उजुरी दिएका हुन् ।

Trending News