प्रधानमन्त्री ओलीको स्वास्थ्यावस्था सामान्य, अर्को सातासम्म उपचार प्रकृया सकिने

Diyo post  

काठमाडौँ, भदौ ११ । सिंगापुरमा उपचारको क्रममा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

बुधबार प्रधानमन्त्रीका स्वकिय सचिव विष्णु रिमालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाको बारेमा जानकारी गराउँदै सामान्य अवस्थामा रहेको र प्लाज्मा फोरेसिस प्रकृयाबाट उपचार जारी रहेको बताएका छन् ।

त्यस्तै प्रधानमन्त्रीका नीजि चिकित्सक प्रा.डा. दिव्यासिंह शाह स्वदेश फर्किएको जानकारी दिएका छन् ।

१२ बर्षअघि प्रत्यारोपण गरिएको मृगौलाको कार्यक्षमतामा ह्रास आएपछि पुन उपचारको लागि सिंगापुर पुगेका थिए । भदौ ५ गते सिंगापुर पुगेका प्रधानमन्त्रीलाई उपचारको लागि १५ दिन समय लाग्ने बताइएको थियो । उनको प्लाज्माफोरेसिस प्रकृयाबाट उपचार भइरहेको छ ।

सम्बन्धित खबर