अनेरास्ववियूकाे केन्द्रीय कार्यालय उद्घाटन

दियो पोस्ट  

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी संगठन अनेरास्ववियूको एकता पछिको केन्द्रीय कार्यालयको बिहीबार उद्घाटन भएको छ। काठमाडौंको बागबजारमा अवस्थित कार्यालय उद्घाटन गरिएको हो।

उद्घाटन पश्चात संगठनका संयोजक ऐन महर र सह संयोजक रञ्जित तामाङले पदबहाली समेत गरेका थिए।

त्यस्तै, संगठनका संयोजक महरले पार्टीका विभिन्न अलपत्र रहेको एकताको कामलाई यसै महिना भित्र सक्ने गरी लागिएको बताए । त्यसै गरी सह संयोजक तामाङले अनेरास्ववियूले एकतालाई पुर्णता दिन नसक्दा देशै भरी खुसी र उत्साह छाउन सकेको छैन, त्यसैले एकतालाई चाडै नै पुर्णता दिनु अपरीहार्य रहेको बताएका थिए ।

कार्यालय उदघाटन समारोहमा अनेरास्ववियूका पूर्वअध्यक्षहरु लेखनाथ न्यौपाने, ठाकुर गैरे, रामकुमारी झाँक्री, रमेश मल्ल, नविना लामा लगायतको उपस्थिति थियोे। साथै कार्यक्रममा अनेरास्ववियूका नेता कार्यकर्ताहरु पनि उपस्थिति थियो।