काठमाडौँ, भदौ १३ । बहुचर्चित सुडान घोटलामा मुछिएका ठेकेदार शम्भु भारती पक्राउ परेका छन् । श
क्रबार विहान भारतीलाई भैँसेपाटीबाट पक्राउ गरिएको हो ।
विस २०६४ मा सुडानको डार्फरमा तैनाथ नेपाली सुरक्षाकर्मीका लागि खरिद गरिएको एपीसीमा २८ करोड भ्रष्टाचार भएको थियो । भ्रष्टाचार प्रकरणमा तात्कालिन प्रहरी अधिकारीहरुबाट असुल गर्नका लागि विशेष अदालतले आदेश जारि गरेको थियो ।
विशेष अदालतको आदेशलाई सदर गर्दै सर्वोच्च अदालतले ठेकेदार भारतीलाई १४ करोड २० लाख जरिवाना सहित एक बर्ष जेल सजायको फैसला सुनाएको थियो । सर्वोच्चको फैसलापछि फरार रहेका भारतीलाई शुक्रबार सिआइवीले पक्राउ गरेको हो ।
सुडान घोटला काण्डले अन्तराष्ट्रिय स्तरमा समेत नेपालको छवि धमिल्याएको थियो । यसलाई सर्वोच्चले राष्ट्रिय लज्जाको विषय भनेको छ ।
शुक्रबार पक्राउ परेका भारती एस्युर्ड रिस्क कम्पनीका नेपाल एजेन्ट हुन । उनले तात्कालिन प्रहरी महानिरिक्षक ओमविक्रम राणासँगको मिलेमतोमा स्पेसिफिकेसन र क्याटलगबिना नै सामानको रेट बनाएर भ्रष्टाचार गरेको सर्वोच्च अदालतले ठहर गरेको थियो ।