सार्वजनिक पसलमा चिया पिएको निहुँमा ७१ बर्षीय दलित वृद्ध कुटिए

दियो पोस्ट  

काठमाडौँ, भदौ १३ । चिया पसलमा चिया छोएको भन्दै एकजना दलित वृद्ध कुटिएका छन् । सिराहको सुखिपुर नगरपालिका–६ स्थित एक चिया पसलमा चिया छोएको भन्दै ७१ बर्षीय गनौरी मोचीमाथि हातपात भएको हो ।

दलित भएर चिया पसलमा गएर किन चिया खाइस भन्दै स्थानिय ४५ बर्षीय किसुन यादवले मोचीमाथि चप्पलै चप्पलले हिर्काएका छन् ।

पीडित मोचिका अनुसार उनि चिया पसल पुगेर टेबलमा बसेका थिए । अर्को टेबलमा यादवहरुको समुह समेत बसिरहेका थिए । एक्कासी यादवले दलित समुदायको मान्छे भएर सार्वजनिक चिया पसलमा आएर चिया पिउने आँट कसरी गरिस भन्दै आफुमाथि कुटपिट गरेको बताएका छन् । कुटपीटको क्रममा उनले विभिन्न किसिमका अश्लील गाली गरेर दुव्र्यवहार समेत गरेका छन् ।

कुटपीटमा परेपछि दलित अधिकारकर्मी र जिल्लाका दलित संघसंस्थाले मोचिमाथि भएको अन्याय विरुद्ध आवाज उठाएका छन् । दलित विकास मञ्च सिराहाका कार्यक्रम संयोजक रविन महराले जिल्ला प्रहरी कार्यलयमा जाहेरी दर्ता दिनका लागि गएका भएपनि प्रहरीले जाहेरी दर्ता गर्न अस्वीकार गरेको बताएका छन् । कुटपीट गर्ने यादव भने यतिखेर फरार छन् । प्रहरीले जाहेरी दर्ता नगरी पीडकलाई कारवाही गर्ने आश्वासन दिएको महराले बताएका छन् ।

सिफारिस