फ्रुटी खुवाएर बेहोस पारि बालिकाको सामुहिक बलात्कार

दियो पोस्ट  

काठमाडौँ , भदौ १३ । सप्तरीको राजविराजमा १३ बर्षीया बालिका बलात्कृत भएकी छिन् । गत विहिबार साँझ बजारबाट घर फर्किरहेकी बालिकालाई २ युवाले बलात्कार गरेका हुन् ।

बाटोमा हिँड्दै गरेकी बालिकालाई ती युवाहरुले फ्रुटी खान दिएका थिए । फ्रुटी खाँदै हिडिरहेकी बालिका शहिद दर्शन चोकमा पुगेर बेहोस भएकी थिईन् । बालिका बेहोस भएपछि उनलाई एकान्तमा लगेर दूई युवाले बलात्कार गरेका थिए ।

बलात्कार गरेर राती १२ बजे ती युवाहरुले बालिकालाई उनको घर नजिकै ल्याएर छाडिदिएका थिए । बजार गएकी छोरी विछिप्त रुपमा घर फर्किएको पीडित बालिकाको आमाले बताएकी छिन् । शुक्रबार आफ्नी छोरी लिएर जिल्ला प्रहरी कार्यलय सप्तरीमा उजुरी दिन पुगेको जिल्ला प्रहरी कार्यलय सप्तरीले जनाएको छ ।

पीडित बालिकालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । पीडित बालिकाले पीडकहरुको नाम र ठेगाना बताउन नसकेपछि हुलियाको आधारमा उनिहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यलय सप्तरीका प्रमुख प्रहरी उपरिक्षक मनोज कुमार यादवले बताएका छन् ।

TATA ADD