नौ लाख भ्रष्टाचार गरेपछि सडक डिभिजन कार्यलयका प्रमुख र सुचना अधिकारी अख्तियारको फन्दामा

दियो पोस्ट  

काठमाडौँ, भदौ १३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यलय पोखराका प्रमुख हरि कुमार पोखरेल सहित तीन जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचारको आरोपपत्र दायर गरेको छ ।

शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले डिभिजन प्रमुख सहित सुचना अधिकारी इन्जिनियर पवित्रमणी आचार्य र कार्यलय सहयोगीहरु सन्देश लम्साल र शिवराम शर्मालाई घुस रकमसहित नियन्त्रणमा लिएको हो ।

सडक स्तरोन्नतीका लागि मोबिलाइजेशन पेश्की दिएबापत स्थानिय जीएसआर निर्माण सेवाका प्रोपाइटर ऋषी गौतमबाट ७ लाख घुस लिएको अख्तियारले जनाएको छ । घुस रकम दिएपछि सो निर्माण कम्पनीका प्रोपाइटर गौतम फरार भएका छन् ।

डिभिजन प्रमुख हरिकुमार पोखरेल र इन्जिनियर पवित्रमणि आचार्यले सामुहिक रुपमा ७ लाख घुस लिएको र पोखरेलको झोलाबाट श्रोत नखुलेको थप २ लाख रुपैयाँ बरामद भएको अख्तियारले जनाएको छ । झोलामा भेटिएको २ लाखको बारेमा पनि अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिएका छन् ।

उनिहरुविरुद्ध सात लाख विगोसहित विशेष अदालत काठमाडौँमा भ्रष्टाचार मुद्धा दायर गरिएको छ ।