विप्लव माओवादी धादिङका पाँच कार्यकर्ताद्धारा प्रहरीसामु आत्मसमर्पण

दियो पोस्ट  

काठमाडौँ, भदौ १३ । धादिङमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका पाँच कार्यकर्ताहरुले प्रहरीसामु आत्मसमर्पण गरेका छन् । शुक्रबार जिल्ला प्रहरी कार्यलय धादिङमा उपस्थित भई ५ जनाले आत्मसमर्पण गरेके जिल्ला प्रहरी कार्यलय धादिङले जनाएको छ ।

आत्मसमर्पण गर्नेहरुमा धु्रव खनाल, श्याम बहादुर बयलकोटी, बिष्णुप्रसाद खतिवडा, केशवराज खतिवडा र दिपेन्द्र कुमार श्रेष्ठ रहेका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार उनीहरुले स्वेच्छाले आत्मसमपर्ण गरेको हुन् ।

आत्मसमर्पण गर्नेहरु सबै गल्छी गाउँपालिकाका कमिटी सदस्य हुन् ।