काठमाडौँ , भदौ १३ । अछाममा यात्रुवाहक जिप दुर्घटना भएको छ । जिल्लाको मल्लेख गाउँपालिका–७ नन्देगडामा जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् ।
साँफेवगरबाट अछामको मल्लेख गाउँपालिकाको कुस्कोट जाँदै गरेको से १ ज ९८६ नम्बरको जीप बजार नजिकै दुर्घटना भएको हो । मृत्यु हुनेहरुमा मेल्लेख गाउँपालिका वडा नम्बर ७ नन्देगडाका कौशी साउद र सोही ठाउँका किथ्थी साउद रहेका छन् ।
घटनाको थप विवरण आउन बाँकी छ ।