देशभर वर्षा, यस्तो छ तीन दिनको मौसम पूर्वानुमान

दियो पोस्ट  

काठमाडौं, भदौ १४ । काठमाडौं उपत्यका सहित अहिले देशभर पानि परिरहेको छ । उपत्यकासहित मध्य र पूर्वी क्षेत्रका धेरै स्थानमा अहिले पानी परिरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । शुक्रबार रातिदेखि नै वर्षा भएको हो । ९ बजेपछि पानी पर्न केही रोकिए पनि दिउँसो १ बजेपछि फेरि वर्षा हुने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले पूर्व र मध्यका धेरैजसो स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान (Three Days Weather Forecast):

 भाद्र १४ गते (शनिबार)

दिउँसो: देशभरी सामान्य बदली रही पूर्व र मध्यका धेरै स्थानहरुमा र पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ। पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ |

राती: देशभरी सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ  साथै  मध्य र पश्चिमका  एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ |

भाद्र १५  गते (आईतबार)

दिउँसो: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पूर्व र मध्यका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

 राती: देशभरी सामान्य बदली रही पूर्व र मध्यका थोरै स्थानहरुमा तथा पश्चिमका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

भाद्र १६  गते सोमबार)

दिउँसो: देशभरी सामान्य बदली पूर्व र मध्यका केहि स्थानहरुमा र पश्चिमका थोरै स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

 राती: देशभरी सामान्य बदली रही पश्चिमका धेरै स्थानहरुमा र पुर्व र मध्यका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hrs.):

देशभरी आंशिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित वर्षा हुने र पूर्व र मध्यका एक दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेकोले पूर्वी र मध्य पहाडी भू-भागमा पहिरोको संभावना र नदीको बहाव बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन अनुरोध छ।