काठमाडौं । सामाजिक सञ्जाल ट्वीटरको संस्थापक एवम् हालका सीईओ ज्याक डोर्सीको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।
उनको अकाउन्टबाट ह्याकर्सले आपत्तीजनक र नश्लभेदी ट्वीट गरेपछि यो ह्याक भएको खुलेको हो ।
यस्ता कतिपय ट्वीट आधा घण्टासम्म उनको ट्वीटर अकाउन्टमा देखिन्थ्यो ।
तर, पछि ट्वीटरको टिमले डोर्सीको अकाउन्ट रिकभर गरेका थिए । डोर्सीको करिब ४२ लाख फलोअर्स छन् ।
ट्वीटरका अनुसार यस घटनाको जाँच जारी छ ।
डोर्सीको ह्याक अकान्टबाट रिट्वीट गरिएका अकाउन्ट सस्पेन्ड गरिएको छ । केही शंकास्पद अकाउन्टहरुलाई बन्द गरिएको ट्वीटरले जनाएको छ ।