३५ एसएसपी सरुवा, अपराध महाशाखामा सहकुल थापा (सुचिसहित)

दियो पोस्ट  

काठमाडौँ, भदौ १४ । प्रहरी प्रधान कार्यलयले ३५ जना प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को सरुवा गरेको छ । कार्यलयले शुक्रबार सरुवा गरिएको स्थानसहित सरुवा हुने प्रहरी अधिकारीको नाम सार्वजनिक गरेको छ ।

प्रहरी प्रधान कार्यलय, प्रहरी निरिक्षणालय, नक्सालका एसएसपी उत्तमराज सुवेदीलाई महानगरिय प्रहरी परिसर काठमाडौँ सरुवा गरिएको छ । यसै गरि महानगरिय ट्राफिक महाशाखाका प्रवक्ता एसएसपी बसन्तकुमार पन्तलाई प्रहरी प्रधान कार्यलयको तालिम महाशाखामा सरुवा गरिएको छ ।

त्यसैगरि प्रहरी प्रधान कार्यलयस्थित अपराध अनुसन्धान विभागको वेदेशीक विभागमा रहेका एसएसपी दिवेश लोहनीलाई गण्डकी प्रदेश प्रहरीको तालिम केन्द्र पोखरा पठाइएको छ । उनको ठाउँमा प्रहरी प्रधान कार्यलय विपद व्यवस्थापन महाशाखाका एसएसपी दिलिप कुमार चौधरीलाई पठाइएको छ ।

अपराध महाशाखाका एसएसपी धिरज प्रताप सिंहलाई प्रहरी प्रधान कार्यलयको भर्ना छनौट महाशाखामा सरुवा गरिएको छ । उनको ठाउँमा प्रदेश नम्बर १, तालिमकेन्द्रका एसएसपी सहकुल थापालाई पठाइएको छ ।

सुचि हेर्नुहोस्