भीरबाट खसाएर गाई मार्नेलाई कारवाहीको माग गर्दै सुर्खेतमा प्रदर्शन

Diyo post  

काठमाडौँ, भदौ १४ । दुई दर्जनभन्दा बढी गाइलाई भीरबाट खसालेर मारिएको भन्दै सुर्खेतमा प्रदर्शन भएको छ । गौहत्या गर्नेलाइ कठोर सजायको माग गर्दै स्थानियहरु आन्दोलनमा उत्रिएका हुन् ।

दर्जनभन्दा गाइ मृत भेटिनु रहस्यमय भएकोले उचित छानविनको माग गर्दै विरेन्द्रनगरमा स्थानियहरुले प्रदर्शन गरेका हुन् । उनिहरुले रातारात गाइगोरुलाई ट्रकमा राखेर लैजानुका कारण समेत माग गरेका छन् । उनिहरुले नियोजित रुपमै गौमाताको हत्या गरिएको भन्दै कडाभन्दा कडा कारवाहीको माग गरेका छन् ।

बिहीबार राति वीरेन्द्रनगरभन्दा माथि कटकुवा जंगलमा गाई भीरबाट १६ वटा गाईगोरु खसालेर मारिएको थियो। १० वटा गम्भीर घाइते र १०० भन्दा धेरै गाईगोरु कटकुवामा बेवारिसे समेत भेटिएका थिए।

नेपालगञ्जमा रहेको काञ्जी हाउसबाट दैलेख लाने भनेर २९१ वटा गाईगोरु जिल्ला प्रशासन कार्यालय बाँकेको सिफारिसमा ८ वटा ट्रकमा ल्याइएको थियो। ती गाईगोरु बाटोमा फाल्दै ल्याइएको प्रहरीले बताएको छ।

वीरेन्द्रनगर नगरपालिकाका वरिष्ठ अधिकृत पौडेललेका अनुसार नगरभित्रका कटकुवा, ब्यूरेनी र सुब्बाकुनासहित तीन ठाउँमा ३० वटा गाई मृत भेटिएका छन्।

सम्बन्धित खबर