एनसेल कर प्रकरणमा सर्वोच्चको फैसलाको विरोध गर्दै विप्लव माओवादीले न्यायधीशको पुत्ला जलाउने

दियो पोस्ट  

काठमाडौँ, भदौ १४ । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले सर्वोच्चको एनसेल कर प्रकरणमा सर्वोच्चको फैसलालाको भर्त्सना गरेको छ । शनिबार एक विज्ञप्ती जारि गर्दै नेकपाले सर्वोच्चले एनसेल कर प्रकरणमा विवादास्पद फैसला गरेको आरोप लगाएको छ ।

देशको सम्पत्ती रक्षा गर्नुको सट्टामा मिलेमतो गरेर गम्भीर अपराध गरेको आरोप लगाउँदै नेकपाले एनसेललाइ नेपालबाटै खारेज गर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरेको छ । विज्ञप्तीमा एनसेलबाट करोडौँ घुस लिएर देशलाई टाट पल्टाउने खेलमा राजनीतिक दलका नेताहरु लागेको उल्लेख गर्दै त्यस्ता व्यक्तिहरुलाई कारवाही गर्नका लागि जनतामाझ आह्वान गरेको छ ।

एनसेल कर प्रकरणबारे सर्वोच्चको फैसलाको विरोध गर्दै नेकपाले विभिन्न विरोधका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जसअनुसार भदौ १७ गते न्यायधीशको पुत्ला दोहन गर्ने, १८ गते देशभरी मसाल जुलुस गर्ने, २१ गते एनेलको कार्यलयमा विरोध गर्ने, २३ गते एनसेल कार्यलयमा तालाबन्दी गर्ने र भदौ २६ गते भ्रष्टाचारीको पुत्लामा कालोमोसो दल्ने कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

TATA ADD

ट्रेन्डिङ