झोलुंगे पुल हेर्न जाँदा गैँडाको आक्रमण, १० बर्षीया बालिकासहित ३ घाइते

Diyo post  

काठमाडौँ, भदौ १४ । बर्दिया जिल्लाको बारबर्दिया नगरपालिका रानीपुरमा गैँडाको आक्रमणबाट तीन जना घाइते भएका छन् ।

आज बिहान बारबर्दियास्थित कुसुम्बाघाटमा नवनिर्मित झोलुङे पुल हेर्न गएकालाई रानीपुरको जङ्गलबाट निस्केको गैँडाले आक्रमण गरेको हो । आक्रमणबाट तीन जना घाइते भएकामध्ये दुई जनाको अवस्था गम्भीर भएपछि उपचारका लागि बाँके कोहलपुरस्थित शिक्षण अस्पतालमा लगिएको छ ।

आक्रमणबाट बारबर्दिया नपा–४ का ३९ वर्षीय रामप्रसाद थारु, सोही नपा–५ का ६५ वर्षीय जङ्गली थारु र १० वर्षीया शिखा थारु घाइते भएको वडा नं– ४ का वडाध्यक्ष मानबहादुर थारुले बताएका छन् ।

घाइते भएकाहरुको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय बर्दियाका प्रहरी उपरीक्षक राजेशनाथ बाँस्तोलाले बताएका छन् । रासस

सम्बन्धित खबर