पर्सामा ५ बर्षीया बालिकासहित थप ४५ जनामा कोरोना संक्रमण पुष्टि

दियो पोस्ट  

काठमाडौँ, साउन १८ । पर्सामा थप ४५ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । वीरगंजस्थित नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परिक्षणका क्रममा थप ३१ जना पुरुष र १४ महिलालाई कोरोना संक्रमण देखिएको हो ।

साउन १२ देखि १६ गतेसम्म स्वाव संकलन गरिएको थियो । २९ जनाको मास ट्रेसिङको आधारमा, ७ जनाको स्वेच्छाले र ८ जनाको कन्ट्याक्ट ट्रेसिङको आधारमा कोरोना परिक्षण गरिएको थियो ।

यो संगै पर्सामा कोरोना संक्रमितको संख्या ५ सय ७ पुगेको नारायणी अस्पतालले जनाएको छ ।