जनकपुरधाममा सोमबार देखि एक सातासम्म निषेधाज्ञा जारी

दियो पोस्ट  

काठमाडौँ, साउन १८ । जनकपुरधाम उपमहानगरपालिकामा भोली रातिदेखि लागु हुने गरि निषेधाज्ञा जारि गरिएको छ । कोभिड–१९ को जोखिमलाई मध्यनजर गर्दै आइतबार बसेको जिल्ला सुरक्षा समितिको वैठकले सोमबार राति १२ बजेदेखि लागु हुने गरि एक सातासम्मका लागि निषेधाज्ञा जारि गरिएको हो ।

जिल्ला प्रशासन कार्यलयका अनुसार जनकपुरधाम उपमहानगरपालिकाका साथै उत्तरमा महेन्द्रनगर नजिकको औरही पुलसम्म निषेधाज्ञा जारी गरिनेछ । निषेधाज्ञाको समयमा अति आवश्यक कामबाहेक सबैलाई घरभित्र बस्न आग्रह गरिएको उनले बताए ।

स्थानीय प्रशासन ऐन,२०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० को दफा २ बमोजिम निषेधाज्ञा लगाउने निर्णय भएको जिल्ला प्रशासन कार्यलय धनुषाका सुचना अधिकारी गणेश चन्द्र मिश्रले बताएका छन् ।