काठमाडौं, २२ साउन । कोरोना भाइरस कोभिड १९ संक्रमित बढ्न थालेपछि राजधानी काठमाडौंबाट फेरी हजारौँ मानिसहरु सहर छोडेर जान थालिसकेका छन् । लकडाउन पुन ः शुरु हुने हल्ला चलेपछि उनीहरु सहर छाड्न बाध्य भएको समाचार आइरहँदा सरकार भने फेरी तत्काल लकडाउन नगर्ने अडानमा देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुन लकडाउन गर्न विज्ञहरुले सुझाव दिएपनि विहिबारको मन्त्रीपरिषद बैठकले यसबारेमा कुनै निर्णय गरेको छैन । मन्त्रीपरिषको निर्णय जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा अर्थ, सुचथा तथा सञ्चारमन्त्री युवराज खतिवडाले तत्कालै लकडाउन नगर्ने जानकारी दिए ।
‘अहिले नेपाल सरकारले हिजो जे निर्णय गरेको थियो त्यही अनुसार हुन्छ । जहाँ संक्रमण दर कम छ त्यहाँ खुकुलो हुँदै जान्छ । जहाँ संक्रमण दर बढ्दो छ त्यहाँ तत्काल सेवाहरु रोक्दै जानुपर्ने हुन्छ,’ खतिवडाले भने,‘त्यसो हुनाले मुलुकव्यापी रुपमा पहिले लकडाउन भनेर सरकारले जसरी गएको थियो त्यो विधिमा अहिले सरकार जाने तयारीमा सरकार छैन ।’
परिस्थिती आए जिल्ला प्रशासन कार्यालयले नै लकडाउन गर्न सक्ने मन्त्री खतिवडाले जानकारी दिए ।