नेपाल मिसन प्रमुख खम्पालाई भेट्न प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भारतीय दूतावासमा !

नेपाल मिसन प्रमुख खम्पालाई भेट्न प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकार भारतीय दूतावासमा !

काठमाडौं, २३ साउन । प्रधानमन्त्री केपी ओलीका परराष्ट्र मामिला सम्बन्धी सल्लाहकार डा. राजन भट्टराईले शुक्रबार दिउँसो भारतीय दूतावासका नयाँ डीसीएम नाम्गेचोरेन खम्पासँग झण्डै एक घण्टा लामो भेटवार्ता गरेका छन ।

डीसीएम खम्पालाई भेट्न प्रधानमन्त्रीका परराष्ट्र मामिला सम्बन्धी सल्लाहकार भट्टराई दिउँसो भारतीय दूतावास लैनचौर छिरेका थिए ।


सन् २०१५ ताका चीनको बेइजिङ स्थित भारतीय दूतावासमा कार्यरत खम्पा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको कार्यालयको निर्देशक समेत थिइन् ।

केही दिनअघि मात्रै नेपाल स्थित भारतीय राजदूताबासको डेपुटि चिफ अफ मिसन (डिसिएम)को रुपमा उनी नेपाल आएकी हुन् । नेपाल आएसँगै उनले आफ्नो गतिविधि बढाएकी छिन् ।


प्रधानमन्त्रीको परराष्ट्र सल्लाहाकारलाई राजदूतावासमै बोलाएर भेटघाट गरेपछि नेपालको राजनीतिमा भारतीय हस्तक्षेप बढ्न सक्ने बताइएको छ ।

स्रोतका अनुसार खम्पासँग प्रधानमन्त्रीका परराष्ट्र सल्लाहाकारले नेकपा विवाद र नयाँ पार्टी निर्माणको विषयमा छलफल भएको पाइएको छ ।

Trending News