काठमाडौं, २५ साउन। गण्डकी प्रदेशको राजधानी पोखरामा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको कोभिड–१९ उपचार केन्द्रमा भर्ना भएका पोखरा महानगरपालिका–१९ निवासी ६२ वर्षीय पुरुषको गएराति ११ः३५ मा मृत्यु भएको जनाइएको छ ।