ह्वात्तै बढ्यो कोरोना संक्रमणः १० हजारको परिक्षण, ६३८ जनाको रिपोर्ट ‘पोजेटिभ’

दियोपोस्ट संवाददाता

काठमाडौँ, साउन २७ । नेपालमा कोरोना संक्रमणको दर निकै तिब्र गतिमा बढ्दै गएको छ । आइतबार एकैदिन नेपालभर ६ सय ३८ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार मंगलबार सम्म कोरोना संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ । मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले मंगलबार १० हजार ५ सय ६२ जनाको परिक्षण गर्दा ६ सय ३८ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

त्यस्तै मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् । यो संगै कुल निको हुनेको संख्या १६ हजार ६६४ पुगेको छ । हाल देशभर ७ हजार २०१ सक्रिय संक्रमित छन् ।

सम्बन्धित खबर

सिफारिस