डा. बाबुराम भट्टराईलाई भारतको प्रवक्ता भन्ने माउन्टेन टेलिभिजनले माफी माग्यो !

दियोपोस्ट संवाददाता

काठमाडौं, २७ साउन । पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका वरिष्ठ नेता डा. बाबुराम भट्टराईलाई भारतको प्रवक्ता भन्दै रिपोर्ट बजाउने एक टेलिभिजनले माफी मागेको छ ।


विशिष्ट व्यक्तिको मर्यादामा आँच पुर्याएको भन्दै प्रेस काउन्सिल नेपालले उक्त सामग्री हटाउन निर्देशन दिएको थियो ।

निर्देशनपछि माउन्टेनले टेलिभिजनले माफी मात्रै मागेको छैन प्रशारित सामग्री प्रति क्षमायाचना समेत गरेको छ ।


डा. भट्टराईबारे रिपोर्ट प्रशाराण भएपछि उनका पूर्व स्वकिय सचिव विश्वदिप पाण्डेले काउन्सिलमा उजुरी गरेका थिए । उजुरीपछि टेलिभिजनका मालिक राजु कँडेललाई नै काउन्सिलले छलफलमा बोलाएका थिए ।

छलफलपछि कँडेलले टेलिभिजनबाट उक्त सामग्री हटाउने प्रतिबद्धता जनाएका थिए ।

तर, उक्त सामग्री नहटाएको र माफी समेत नमागेको भन्दै पाण्डेले पुन उजुरी दिएका थिए । उजुरी पश्चात काउन्सिलले पुन निर्देशन समेत दिएको थियो ।

सम्बन्धित खबर

सिफारिस