पूर्वमन्त्री बस्नेतका पिताको मृत्युको सातापछि कोरोना पुष्टि : एक हजार जना मलामीलाई तनाव !

दियोपोस्ट संवाददाता

सिन्धुपाल्चोक– पूर्व सुचना तथा सञ्चार मन्त्री मोहन बस्नेत आफ्ना पिताको मृत्युको कारण मानसीक आहतमा छन् ।

आफ्ना बाबुको मृत्युपश्चात उनी बुवाको दाहसंस्कारपछि घरैमा कोरामा छन् । यसरी कोरो भित्र रहेका बस्नेतलाई सरकारी ढिलासुस्ती र लापरबाहीले भने झनै ठूलो तनाव दिएको छ ।


मसिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका वडा नम्बर ४ पलाँती निवासी पूर्वमन्त्री मोहनबहादुर बस्नेतका ८४ वर्षीय पिता खड्गबहादुर बस्नेतको मृत्यु भएको साता दिन पछि कोरोना संक्रमण भन्दै स्वास्थ्य मन्त्रालयले जानकारी दिएको थियो ।

दुवै मृगौला खराबीको कारण निधन भएका बस्नेतका पितालाई कोरोना संक्रमण भएको मन्त्रालयले जनाएको थियो ।

२३ गते काठमाडौंमा मृत्यु भएका बस्नेतका पिताको शव अन्तिम संस्कारका लागि बाह्रबिसे ल्याइएको थियो ।

काठमाडौंको टिचिङ अस्पतालले मंगलबार मात्रै बस्नेतमा कोरोना संक्रमण भएको पुष्टि गरेपछि बाह्रबिसेमा बस्नेतको मलामीमा सहभागी भएका करिब १ हजार मलामीलाई समेत थप तनाव भएको छ ।

अस्पतालको जानकारी लगत्तै बाह्रबिसेको वडा नम्बर ४ सिल गरिएको बाह्रबिसे नगरपालिकाले जनाएको छ ।

मृतक बस्नेतको कन्ट्रयाक ट्रेसिङमा रहेकाहरुको स्वाब संकलन गर्ने तयारी भइरहेकोे स्वास्थ्य कार्यालय सिन्धुपाल्चोकले बताएको छ ।


तर, बस्नेतले आफ्नो परिवारमाथि राजनीतिक जालझेल भएको आरोप लगाउन थालेका छन् ।

सम्बन्धित खबर

सिफारिस