
काठमाडौं, २८ साउन । काठमाडौंको धुम्बाराहि स्थित ह्याम्स अस्पतालमा कोरोना भाइरस संक्रमणबाट एक विरामीको मृत्यु भएको छ । धादिङको निलकण्ठ नगरपालिका धुवाँकोटबाट केही दिनअघि काठमाडौं ल्याइएको उक्त विरामीको मृत्यु भएको हो ।
ह्याम्स अस्पतालमा भर्ना भएका ती विरामीलाई सामान्य ज्वरो आएको थियो । ज्वरो आएपछि अस्पतालले आइशोलेशनमा राखेर उपचार गरेको थियो । मृतक विरामीलाई निमोनियाको समेत समस्या रहेको आफन्तले बताए ।
अस्पतालले १६ घण्टा उपचार गरेबापत २ लाख ५८ हजार रुपैयाँको बिल उठाएपछि आफन्तले विरोध समेत गरेका थिए ।
मृतकको कोरोना भाइरस संक्रमण पुष्टि भएको रिपोर्ट केही बेरअघि टेकु स्थित जनस्वास्थ्य प्रयोगशालाबाट आएको आफन्तले बताए ।