
धादिङ, २८ साउन । कोरोना संत्र,मणबाट धादिङका एक युवाको राजधानीको धुम्बाराहीस्थित ह्याम्स हस्पतालमा मृत्यु भएपछि जिल्लामा कर्फयु लाग्ने भएको छ ।
जिल्ला प्रशासन कार्यालयले बुधबार राती १२ बजेदेखि लागु हुनेगरी धादिङका विभिन्न स्थामा निषेधाज्ञा जारी गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बिहान बसेको सरोकालवालहरुको बैठकले कालुपाण्डे राजमार्गको फुर्के खोला देखि धादिङबेसी दायाँ बायाँ र नीलकण्ठ नगरपालिकाको वडा नं. २, ३, ४, ७, ८, १२ र १४ का क्षेत्रहरुमा आज राति १२ बजे देखि लागुहुने गरि भाद्र ३ गते सम्म निशेधाज्ञा जारी गरेको हो ।