
काठमाडौँ, २८ साउन । बल्खुखोलाबाट बेपत्ता भएका कान्तिपुर दैनिका सहायक सम्पादक बलराम बानियाको रहस्यमयी मृत्यु भएको छ । दुई दिनदेखि परिवार र कार्यालयसँग सम्पर्कविहीन भएका बानियाको मृत्युबारे प्रहरीले छानबीन थालेको छ ।
बानियाको मृत शरीर मंगलबार बिहान ११ बजेतिर मकवानपुरको सिस्नेरीस्थित मान्डू जलविद्युत् परियोजना क्षेत्रमा फेला परेको थियो ।
स्रोतका अनुसार सम्पर्क विहिन भएका बानिया अभियान टाइम्स नामक साप्ताहिक पत्रिका सम्पादक बताउने छायाचन्द्र भण्डारीसँगै रात विताएका थिए ।
नैकापस्थित भण्डारीको घरमा बानियाँ पुगेको पाइएको छ । दियोपोष्टको सम्पर्कमा आएका भण्डारीले घटना विवरण सुनाएका छन् ।
भण्डारी भन्छन्,‘ बलराम दाई मेरो घरमा आउनु भएको हो’
विहान ११ बजे मुलपानी स्थित बलाराम दाइको निर्माणाधिन घरमा पुर्याइदिन मलाई बोलाउनु भएको थियो । मैले त्यहाँ पुर्याइदिएँ । उहाँले तिर्नुपर्ने ठाउँमा तिरन्तारन गर्नु भयो । त्यसपछि हामी फर्कियौँ । मैले उहाँलाई तिनकुने छोडिदिएँ ।
मैले ल दाई तपाईं झर्नुस् भनेँ । तर उहाँ झर्न मान्नु भएन । मैले कराएपछि मलाई ‘गुडनाइट’ भनेर रिसाएर झर्नु भयो । एकदेखि २ बजेको समय हो । म आफ्नो काममा गएँ । तर, आधा घण्टापछि उहाँको फोन निरन्तर हान्नुभयो ।
म अहिले काममा छु अहिले फोन नगर्नु भनेँ । पछि ६ बजेपनि हानेको हान्यै गर्नु भयो । दाई म अलि व्यस्त भएँ भोली भेटौँ है भनेर फोन राखिदिएँ । बेलुका साढे ७ बजेतिर उहाँ मेरो घरमै पुग्नु भएछ । त्यो घर पनि उहाँले देख्नु भएको थिएन । उहाँले ७ वर्षअघि जग्गा मात्रै देख्नुभएको हो ।
एकैचोटी मलाई फोन गरेर बुढीले फोन गरेर यहाँ बलराम दाई आउनु भएको छ भन्नु भयो । म त छक्क परेँ । राती आएको पाहुनालाई खाना खुवाएको हो । राती भाउजुसँग सामान्य कुराकानी भयो । भाउजु र दाई दुवै जना सुत्नु भयो । म पनि सुतेँ । विहान उठेर यसो हेरेको घर्किनु भएछ । पानी खाएर फेरी सुत्नुभयो । विहान १० बजे उठेर खाना खानु भयो ।
खानाखाएपछि छोरीसँग कुरा गर्नुभयो । म ८ बजे नै आफ्नो काममा निस्किएको हुँ आफ्नो काममा । उहाँ साँढे १० बजेतिर जुत्ता चप्पल लगाएर निष्कनु भएछ । त्यसपछि मेरो सम्पर्कै छैन । कलंकीबाट उनले रामचन्द्र पौडेल,सुधीर शर्मा र आफ्नो घरको पलम्बरलाई फोन गरेको देखाउँछ । भएको त्यति हो ।
मेरो घरमा प्रहरी आएर सिसि क्यामेराबाट सबै हेरेको छ । आएको गएको सबै रेकर्ड लिएर गएका छन् ।