कोरोनाबाट महोत्तरीमा थप एकको मृत्यु, मठिहानी बजार क्षेत्र पुर्ण सिल

दियो पोस्ट  

काठमाडौँ, साउन २८ । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप एक जनाको मृत्यु भएको छ । २ दिन अघि मृत्यु भएका महोत्तरीको मठिहानी नगरपालिका वार्ड नम्बर ६ का ४५ बर्षीय पुरुषको मंगलबार मृत्यु भएको जिल्ला प्रशासन कार्यलय महोत्तरीले जनाएको छ ।

मधुमेह र फोक्सोका रोगी रहेका उनको उपचारको क्रममा जनकपुरको जानकी हेल्थ केयरमा मृत्यु भएको थियो । उपचारको क्रममा उनको स्वाव परिक्षणको लागि पठाइएको थियो । तर, रिपोर्ट आउनु अगावै उनको मृत्यु भएको अस्प्तालले जनाएको छ ।

मृत्युपश्चात कोरोना पोजेटिभ देखिएपछि मृत्यु संस्कारमा गएका ५० भन्दा बढी मानिसहरुलाई होम क्वारेन्टाइनमा बस्नका लागि जिल्ला प्रशासन कार्यलय महोत्तरीले आग्रह गरेको छ ।

कोरोनाको संभावित जोखिमलाई न्युनिकरण र नियन्त्रण गर्नका लागि जिल्ला प्रशासन कार्यलय महोत्तरीले मठिहानी बजार क्षेत्र र नगरपालिकाको वडा नम्बर ६ पुर्ण रुपमा सिल गरेको छ । यससँगै महोत्तरी जिल्लामा कोरोनाबाट ज्यान गुमाउनेको संख्या २ पुगेको छ ।