
काठमाडौं, साउन २८ । बुधबार नेपालमा थप ४८४ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नियमित प्रेस ब्रिफिङ मार्फत बुधबारसम्म नेपालभर कोरोना संक्रमितको संख्या २४ हजार ४३२ पुगेको जानकारी दिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १० हजार ४ सय ८१ जनाको परीक्षण गर्दा ४८४ जनामा कोरोना संक्रमण देखिएको हो ।
त्यस्तै कोरोना संक्रमणबाट बितेको २४ घण्टामा ८ जनाले ज्यान गुमाएका छन् भने ६४ जना डिस्चार्ज भएका छन् । यससँगै मृत्यु हुनेको कुल संख्या ९१ पुगेको छ भने १६ हजार ७२८ जना डिस्चार्ज भएका छन् ।