कोरोना महामारीबीच प्रभु बैंकद्वारा डालिमा रिसोर्ट लिलामी !

दियो पोस्ट  

काठमाडौं, २८ साउन । चितवनको कुरिन्टारमा रहेको चर्चित डालिमा रिसोर्ट लिलामीमा गएको छ । रिसोर्टका सञ्चालकहरुले कोरोना महामारीबीच ऋण तिर्न नसकेपछि बैंकले लिलामी गरेको हो ।


तत्कालिन दारेचोक गाविस वडा नम्बर नम्बर ३ तथा हाल इच्छामनकामना गाउँपालिका वडा नम्बर ४ मा रहेको डालिमा रिसोर्ट लिलामीका लागि प्रभु बैंकले सुचना प्रकाशन गरेको छ ।

बुधबार एक दैनिक पत्रिकामा सुचना प्रकाशित गर्दै उक्त रिसोर्ट र रिसोर्टले चर्चेको जमिन समेत लिलामीमा राखेको छ ।


सञ्चालकहरु कृष्ण बहादुर कुँवर, शारदा कुँवर, दिपेश कुँवर र दीपा कुँवरको तस्वीर समेत प्रकाशित गरिएको छ ।

कोरोना महामारीबीच ऋणीलाई सहलियत दिनुपर्ने भएता पनि प्रभु बैंकले भने ऋणीको सम्पत्ति हत्याउन कोरोनालाई अवसरको प्रयोग गरेको छ ।


२०७६ माघ १० गते नै बैंकले ३५ दिने सुचना जारी गर्दै ऋण तिर्न आउन चेतावनी दिएको थियो । फागुन २२ गते १५ दिने सुचना जारी गर्दै ऋण तिर्न अल्टिमेटम दिएको थियो । तर, त्यसपश्चात भने ऋणीले लिखित रुपमा ऋण तिर्ने प्रतिबद्धता जनाएका कारण लिलामी स्थगित गरेको सुचनामा उल्लेख छ । तर, सो अवधिमा पनि ऋण नतिरेपछि डालिमा रिसोर्ट सहित ऋणीको भौतिक सम्पत्ति लिलामीमा गएको हो ।


डालिमा केटरर्स एण्ड रिसोर्ट प्रा.लीको नाममा मालपोत कार्यालय चितवनमा दर्ता श्रेस्ता कायम भएको जग्गा, रिसोर्टको सम्पत्ति समेत लिलामी गरेको छ ।