भारतमा असुरक्षित ‘रेडिगो कार’, कमेडी च्याम्पियन हिमेश पन्तलाई उपहार !

दियोपोस्ट संवाददाता

काठमाडौं, २८ साउन । गत चैत्र १ गते कमेडि च्याम्पियन बनेका हिमेश पन्तलाई आयोजकले कारको चाबी र २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका थिए । धेरैले सोचेका थिए पन्त यतिबेला २५ लाख नगदसहित रेडिगो नामक कारमा सयर भइरहेका होलान् तर, पन्तले ५ महिनासम्म न कार पाए न त पैसा नै ।

कार्यक्रम आयोजकले उनलाई ५ महिनासम्म झुलाएको पाइएको छ ।


बुधबार भने कमेडि च्याम्पियन आयोजकले कार दिएका छन् । करिब १५ लाख रुपैयाँ पर्ने दातसुन रेडिगो नामक कार भारतीय बजारमा भने ३ लाख ५० हजार भारु पर्छ ।


कार तथा जिपको आन्तरिक प्राविधिक मापदण्ड मापन गर्ने निकाय ग्लोशल एनक्यापले उक्त कारलाई असुरक्षित भन्दै एउटा मात्रै स्टार दिएको थियो । सन् २०१४ मा डाटसुनको रेडिगो नामक कार एनक्यापको परिक्षणमा जिरो रेट पाएको थियो ।

असुरक्षित भएपछि उसले उक्त गाडीहरु बजार फिर्ता गर्न आह्वान नै गरेको थियो । तर, सन् २०१९ मा एनक्यापको परिक्षणमा भने रेडिगोले एक रेटिङ पाएको थियो ।

ती कारहरु नेपालमा नाडा अटो शोको नाममा विक्री गरिएको भन्दै त्यतिबेलै सञ्चार माध्यमले समाचार प्रकाशन गरेका थिए ।

त्यस्ता गाडी मध्ये डाटसुन रेडिगोको विषयमा एक दैनिक पत्रिकाले पहिलो पृष्ठमै समाचार छापेको थियो । तर, समाचार छाप्ने पत्रिकाले भोलीपल्टै सोही कारको विज्ञापन पहिलो पृष्ठमा छापेपछि विवादित बन्न पुगेको थियो ।


यस विषयमा प्रश्न गर्दा कमेडि च्याम्पियन हिमेश पन्तले आफूले चढेको गाडी भारतबाट नभई चीनबाट ल्याएको बताए ।

उनले आफ्नो गाडीमा बम नराखेकाले सुरक्षीत रहेको प्रतिक्रिया दिए । उनले पाउने भनेको २५ लाख हालसम्म पनि नपाएको गुनासो समेत गरे ।

सम्बन्धित खबर

सिफारिस