
काठमाडौं, २८ साउन । काठमाडौं उपत्यका खानेपानी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत सिइओमा मिलन कुमार श्रेष्ठ नियुक्त भएका छन् ।
विहिबार बसेको सञ्चालक समितिको बैठकले शाक्यलाई प्रमुख कार्यकारी अधिकृत सिइओमा नियुक्त गरेको हो । कार्यकारी अधिकृत नियुक्ती सम्बन्धी कार्यविधि २०७६ को दफा १३को उपदफा एक अनुसार उनलाई सिइओमा नियुक्त गरिएको छनौट समितिले जनाएको छ ।