बालुवाटार पुगे प्रचण्ड, प्रधानमन्त्री ओलीसँग छलफल हुँदै

दियो पोस्ट  

काठमाडौँ, साउन २९ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बालुवाटार पुगेका छन् । लामो समयको संवादहिनताको अन्त्य गर्दै प्रधानमन्त्री ओलीसँग छलफल गर्नका लागि अध्यक्ष दाहाल केहीबेर अघिमात्र बालुवाटार पुगेका हुन् ।

पार्टीभित्र आन्तरिक विवाद बढ्दै दुई अध्यक्षबिचको संवाद रोकिएको थियो । प्रचण्ड–माधव पक्षबाट प्रधानमन्त्री ओलीको राजिनामा माग भएपनि ओलीले कुनैपनि पदबाट राजिनामा नगर्ने अडान राखेपछि जारि स्थायी समिति वैठक नै स्थगित भएको हो ।

पार्टीको वैठक नै अन्यौल हुँदै गएपछि अध्यक्ष प्रचण्ड पुनः ओलीसँग सहमती खोज्नका लागि बालुवाटार पुगेका हुन् । बालुवाटारमा प्रधानमन्त्री ओलीसँग पार्टीमा देखिएको समस्याका विषयमा कुराकानी भइरहेको बताइएको छ ।

सिफारिस